INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा अदालतले सजाय फैसला गरेपछि फरार रहेका इलाम नगरपालिका– ११ का ३९ वर्षीय सन्तोष एक्तेनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ ।

२०५५ साल माघ १८ गते अदालतले बलात्कार गरेको कसुरदारमा १० महिना २२ दिन कैद सजाय हुनेगरी फैसला गरेपछि आरोपित फरार रहेका थिए ।

कसुरदार एक्तेन ०७६ गत माघ ९ गते आफ्नो नाम फेरिएको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका थिए ।

सरु एक्तेनबाट नागरिकताको सिफारिस लिएर आएका एक्तेनले किर्ते कागजात बनाएको थाहा पाएर आफू पुग्दा उनी त्यहाँबाट पनि भागेको एसपी हीराबहादुर पाण्डेले बताउनु भयो ।

वडाध्यक्षको सिफारिस लिएर आएका एक्तेन भागेपछि प्रहरीले उनको खोजी कार्य बढाएको थियो । गिरफ्तार गरिएका एक्तेनलाई कैद भुक्तानका लागि १३ गते नै कारागार पठाइएको एसपी पाण्डेले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो