INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते

नेपाल विद्यार्थी संघको महाधिवेशन तत्काल गराउन माग गर्दै ४२ दिनदेखि नेपाली कांग्रेस पार्टी कार्यलय परिसर सानेपामा रिले अनसन स्थलमा झडप हुँदा तीनजना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा मोरङ जिल्ला घर भइ एनसी आइटी कलेज बालकुमारीका इकाई अध्यक्ष २३ वर्षीय सरोज थापा, गोर्खा जिल्ला घर भएका ताहाचल क्याम्पसका २६ वर्षीय कमल पन्त र अछाम जिल्ला घर भएकी २३ वर्षीया लक्ष्मी बोगटी रहेका छन् ।  उनीहरूको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

1 Lalitpur

नेविसंघको विधान अनुसार तत्काल महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपा, ललितपुरमा विद्यार्थीहरूले ०७६ पुस २ गतेदेखि सुरु गरेको रिले अनसनको ४२ औँ दिन माघ १३ गतेदेखि आमरण अनसनको तयारी भइरहेको बेला झडप भएको नेता कुन्दनराज काफ्ले बताउनु भयो ।

2 Lalitpur3 Lalitpur

नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने र अहिले नै गर्न नहुने पक्षबीच विवाद रहेको आमरण अनशनमा बसेका विद्यार्थी नेता गोपि सिवाकेटीले बताउनु भयो । झडप हुनुको मुख्य कारणमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षकालाई नेतृत्व दिन खोजेकाले महाधिवेशन गराउन नचाहेको र गराए पनि विधान विपरित गराउन खोजेको असन्तुष्ट पक्षका विद्यार्थी नेताहरु बताउछन् । कांग्रेस कार्यालयमा झडप भएपछि प्रहरीले सुरक्षा दिएको महानगरिय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता एवम् डिएसपी सन्तोष तामाङले बताउनु भयो ।

अन्य

भिडियो