अज्ञात समूहले सल्यानका छुट्टा छुट्टै दुई स्थानमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजनी गरेको छ ।
उक्त समूहले बनगाड कुपिण्डे नपा–४ देउलीस्थित एनसेलको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
टावर सञ्चालन गर्न राखिएको जेनेटर र बिटीएसको तार काटेर उक्त समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी अज्ञात समूहले शारदा नपा–१३ लेखटाकुरास्थित एनसेलको टावरमा पनि माघ १२ गते राति आगजनी गरेको छ । दुबै घटना एकै प्रकृतिको भएको डिएसपी ढकेन्द्र खतिवडाले बताउनु भयो ।
प्रहरी घटनास्थलमा पुगि अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ । एनसेल टावरमा आगजनी भएपछि सो क्षेत्र आसपासका वस्तीमा सञ्चार सेवाको समस्या भएको छ । टावरको नजिक जरकिनमा कपडा बेरेर टागिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न पक्षको खोजी भइरहेको प्रहरीले जनाएको छ ।