कावासोती नपा–१७ र बौदीकालि गाउँपालिका–२ मा रहेका एनसेल टावरमा ०७६ माघ १२ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
पेट्रोलको प्रयोगले गरिएको आगजनीबाट कावासोती–१७ मा रहेको टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बौदीकालि गाउँपालिकामा रहेको टावरको पावर सकेटमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर गणेश बहादुर नरल क्षेत्रीले जानकारी दिनुभयो ।
आगजनी गर्ने पक्षको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर क्षेत्रीले बताउनुभयो ।