INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

लमही नगरपालिका–१ सीतलापुरकी ५० वर्षीया सोदी सार्कीलाई बलिरहेको अगुल्टो झोसेर घाइते बनाएको आरोपमा ६६ वर्षीय पति मेघबहादुर सार्कीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।

घरायसी विवाद भएपछि पीडितलाई आरोपितले माघ १० गते बलिरहेको अगुल्टो झोसेको पीडित पक्षको आरोप छ ।

आगोले पोलेर घाइते भएकी सार्कीको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको इलाका प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर प्रज्ज्वल थपलियाले जानकारी दिनुभयो ।

यसैगरी पीडितका आफन्तले आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन् ।

 

अन्य

भिडियो