१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बढैयाताल गाउँपालिका– ८ का २४ वर्षीय अशोक सुनार र सोही ठाउँका २२ वर्षीय श्रीधर थापामगरलाई माघ ९ गते जनही नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले आरोपितद्वयलाई दोषी ठहर गर्दै उक्त फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताउनु भयो ।
पीडितलाई साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन ६ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिनु भएको थियो । प्रहरीले आरोपितलाई साउन ६ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको थियो ।