चौदण्डीगढी नगरपालिका –७ लामीचौरकी ४५ वर्षीया गङ्गा दमाईको हत्या गरेको कसुरमा अदालतले सोही ठाँउका २० वर्षीय उमेश खत्रीलाई माघ ९ गते ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै १ लाख रूपियाँ जरिबानाको फैसला गरेको हो ।
आरोपितले ०७५ माघ २८ गते लाटी खोलामा गङ्गाको हत्या गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले उजुरी लगत्तै गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २८ गते गरिएको थियो ।