INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालत माघ ६ गते ३९ वर्षीय बाबुलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश अमृत्तबहादुर बस्नेतको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी दश हजार रूपियाँ कसुरबाट भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध भदौ १६ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको असोज ८ को आदेशमा आरोपित १ लाख रूपियाँ धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते मेची अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो