INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश ५ मा राष्ट्रिय सभा निर्वाचन सम्पन्न

प्रदेश ५ मा राष्ट्रिय सभा सदस्य पदकालागि माघ ९ गते भएको निर्वाचन  शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

तीन सदस्यका लागि भएको निर्वाचनमा ३ सय ३ मत खसेको निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनु भयो । प्रदेश ५ मा  प्रदेश सभाका ८६ सदस्य र १ सय ९ वटा स्थानीय तहका २ सय १८ जना प्रमुख र उप प्रमुखहरू मध्ये २ सय १७ जनाले मतदान गरेका छन् ।

प्रदेशसभा सदस्य बलदेव शर्माको मृत्यु  भएको र बाँके जिल्ला नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मतदानमा सहभागि नभएको निर्वाचन अधिकृत थापाले बताउनु भयो ।

निर्धारित समय बिहान १० बजेदेखि सुरू भएको मतदान ४ बजे  भित्र सम्पन्न भएको थियो । मतगणना माघ ९ गते नै हुने निर्वाचन अधिकृत थापाले बताउनु भयो ।  महिला,अपाङ्ग तथा अल्प सङ्ख्यक र अन्य गरी तीन सदस्य पदकालागि भएको निर्वाचनमा नौ जनाले उम्मेदवारी दिएका थिए ।

 

2020012301dang

 

अन्य

भिडियो