INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले खडक नपा–५ का २५ वर्षीय रामभगत चौधरीलाई माघ ८ गते गिरफ्तार गरेको छ ।
पीडितका बुवाले माघ ५ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कल्याणपुरले माघ ८ दर्ता गरेको छ ।
आरोपितले ललाइफकाई आफ्नो घरमा लगेर बालिकालाई माघ ३ गते बलात्कार गरेको घटना पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
घटनापछि शारिरीक र मानसिक आघात पुगेकी बालिका एकान्तमा मौन बस्ने गरेको पीडित परिवारका सदस्यले बताउनु भएको छ ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ ८ गते स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो