१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–११ का १९ वर्षीय विनोद रामलाई ईलाका प्रहरी कार्यालय लहानले माघ २ गते गिरफ्तार गरेको छ ।
बालिकालाई माघ २ गते आरोपित रामले बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय लहानमा माघ ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २ गते भएको प्रहरीले जनायो ।