विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) तेस्रो चक्रको लागि सात वटै प्रदेशबाट तयार पारेर ल्याइएको प्रतिवेदनको मस्यौदामाथि काठमाडौँमा छलफल गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक र डिएफडिसीको संयुक्त आयोजनामा पुस २९ गते भएको विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) तेस्रो चक्रको तयार गरिएको प्रतिवेदनको मस्यौदामाथि छलफल कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरूले यसलाई अन्तिम रुप दिन र केन्द्रीय स्तरमा गरिने कार्यक्रमको बारेमा छलफललाई केन्द्रित गरिएको हो ।

सात वटै प्रदेश स्तरिय कार्यशाला गोष्ठीबाट प्राप्त सुझाबहरूको विषयमा मानव अधिकारका क्षेत्रका कुनै पनि विषय नछुटोस भन्नका लागी यूपीआरका लागी नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालसँगको बैठकको आयोजनामा बिभिन्न बिषयहरू थप गरिएको हो । कार्यक्रममा विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) तेस्रो चक्रको प्रतिवेदनका लागी प्रदेशबाट ल्याइएका सुझाब तथा विषयका बारेमा तीन वटा कार्यपत्रका विभाजन गरी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मानव अधिकारको क्षेत्रमा एकल महिला संघकी अध्यक्ष पूर्ण शर्माले ज्येष्ठ नागरिक, मनोरञ्जन क्षेत्रमा कामगर्ने महिला तथा एकल महिलाका विषयलाई समेट्न छुटाउन नहुने बताउनुभयो । दलित अधिकारकर्मी भक्त विश्वकर्माले समानुपालिक रुपमा सहभागितामा सबैले ध्यान दिदै न्यायका कुरालाई स्थानीय स्तरमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
पछिल्लो समयमा मनोरञ्जनका क्षेत्रमा बढ्दै गएका हिंसा र त्यस क्षेत्रमा रहेका तथ्याङ्क सम्बन्धि पनि सबैले विचार गर्न मनोरञ्जनका क्षेत्रमा काम गर्दै आउनु भएकी तारा भण्डारीले सुझाब दिनुभयो ।