३२ वर्षीया एक महिलालाई ०७५ साउन ८ गते बलात्कार गरेको आरोपमा थुनामा रहेका मालिका गाउँपालिका–२ ओखरबोट घर भइ बेनी नगरपालिका–१ बस्ने ४८ वर्षीय जगत बिक भन्ने रमेशकुमार पुनलाई जिल्ला अदालत, म्याग्दीले ०७६ पुस २९ गते २ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
आरोपितले ०७५ साउन ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले ०७५ साउन ११ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन ।
आरोपित ०७५ कात्तिक १६ गते पोखराबाट गिरफ्तार भएका थिए । जिल्ला अदालतको ०७५ मङ्सिर ११ गतेको आदेश आरोपित पुर्पक्षका लागि जेल चलान भएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७५ साउन ११ गते बेनी अस्पतालमा गरिएको थियो ।