INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

छोरा नजन्माएको आरोपमा पतिले कुटपिट गर्दै घर निकाला गरेको भन्दै सान्नी त्रिवेणी गाउँपालिका–२ बस्ने ३५ वर्षीया गंगा बुढा बटालाले पति ३८ वर्षीय गोर्ख बटालाका विरूद्ध पुस २८ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
आरोपित पतिले पीडित महिलालाई पुस २६ गते राति कुटपिट गर्नुका साथै घर निकाला गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।
आरोपितको कुटाईबाट पीडितको टाउको र शरिरमा चोट लागेपछि जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।
घटनापछि फरार आरोपितको खोजी भईरहेको र अनुसन्धानपछि आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

अन्य

भिडियो