नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको तीन जना कार्यकर्तालाई प्रहरीले पुस २५ गते गिरफ्तार गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १५ चाउथे नयाँबजारमा घरमा बसिरहेको अवस्थामा बिहान ७ बजेको समयमा बिकास सुनार, लोकेन्द्र राई र चट्टान हितानलाई गिरफ्तार गरिएको वडा प्रहरी कार्यलय रामबजारमा डिएसपी प्रकाश थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले गिरफ्तार गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान अगाडी बढाइने जानकारी दिनुभयो ।