मालिका गाउँपालिका—१ निस्कोटमा रहेको एनसेलको टावरमा पुस २५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
टावरमा आगो बलेको भन्दै स्थानीयले राति साढे १२ बजे टेलिफोन मार्फत जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्र प्रसाद अधिकारीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।
शर्माका अनुसार क्षतिको एकिन विवरण थाहा नभए पनि प्रारंभिक अनुसन्धान र आगजनी गर्नेको खोजी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय दरवाङदेखि ३ घण्टाको पैदल दूरीमा पर्ने उक्त स्थानको टावरले म्याग्दीको निस्कोट लगायतका ग्रामिण भेगका स्थानीयलाई मोबाइल सेवा उपलब्ध हुने इन्सपेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

