नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, स्याङ्जाका जिल्ला सदस्य ४९ वर्षीय सागर अर्याललाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।
स्याङ्जा भिरकोट नगरपालिका–२, बयरघारीेका अर्याललाई राति जिल्ला कार्यालय म्याग्दीको प्रहरीले बेनी बसपार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभएको छ ।
प्रतिबन्धित पार्टीका स्याङ्जा जिल्ला कार्यकर्ता अर्याललाई पुस २५ गते जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पेश गरी ५ दिनको म्याद थप गरिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।