INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकरी प्रहार गरी पति फरार

राजविराज नपा–१२ सिग्यौन दमावती निवासी ३० वर्षीया लक्ष्मीदेबी यादवलाई उहाँका पति ३२ वर्षीय महिनारायण यादवले पुस २२ गते खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

Laxmi

घरायसी विवादमा पीडितको गर्दनमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि घाइतेलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको उनका मामा बैद्यनाथ यादवले जानकारी दिनु भयो ।

इलामकी मुना खातीसँग दोस्रो विवाह गरेका आरोपितले जेठी पत्नी लक्ष्मीबाट जन्मिएका नौ वर्षीय र सात वर्षीय दुई छोराको जन्मदर्ता गराउँदा आमाको नाममा कान्छी पत्नी मुनाको नाम राखेकोले  मातृत्वको अधिकारबाट वञ्चित गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा पुस ४ गते उजुरी दिनु भएको थियो ।

राजविराज नगरपालिका–१२ को कार्यालयमा २०७४ फागुन २० गते जन्मदर्ता बनाउन पुगेका सूचक स्वयम् बुवा महिनारायण भएकाले उहाँले लेखाएको भरमा आमाको नाम इलामकी मुना खाती यादव भनेर प्रमाणित गरिदिएको तत्कालिन स्थानीय पञ्जिकाधिकारी तरुणकुमार यादवले बताउनु भयो ।

पीडितका बुवा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका शिवराम यादवका अनुसार पीडितले प्रहरी, प्रशासनमा उजुरी दिए पश्चात राजविराज नगरपालिका–१२ को वडा कार्यालयले झुक्याएर आरोपितले बनाएको गलत जन्मदर्ता सच्याउन तयार रहेको जनाउँदै पीडितको नाताकायम र विवाह दर्ता बनाइ दिएको थियो ।

आफ्नो नागरिकता र छोराहरुको जन्मदर्ता सच्याउन राजविराज नगरपालिका–१२ को वडा कार्यालय पुगेर फर्किरहेका बेला आरोपितले खुकुरी प्रहार गरेको पीडितले बताउनु भयो ।

अन्य

भिडियो