हिमपातले पाँच दिन देखि सञ्चार सेवा अवरूद्ध भएपछि समयमै एम्बुलेन्सलाई खबर गर्न नसक्दा सुत्केरी महिलाको मृत्यु भएको छ ।
पुस २३ गते बिहान ३ बजे सुत्केरी हुनुभएकी छायाँनाथ रारा नपा–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकलाई सञ्चार सेवा अवरूद्ध हुँदा समयमै अस्पताल पुर्याउन नसकेपछि मृत्यु भएको हो ।
घरमै सुत्केरी भएपनि सालनाल नझरेपछि र अत्याधिक रक्तश्रावका भएकोले जिल्ला अस्पताल पुर्याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोजेपनि समयमै अस्पताल पुर्याउने प्रयास असफल हुँदा धनरुपाको ज्यान गएको मृतकका पति राम बहादुर विकले बताउनुभयो ।
सदरमुकामबाट तीन घण्टाको पैदल दुरीमा रहेको गाउँबाट स्थानीयले बोकेर अस्पताल पुर्याउने क्रममा आमाको बाटैमा मृत्यु भएपछि बच्चालाई कसरी बचाउने भन्ने चिन्ता रहेको विकले बताउनुभयो ।
सरकारले गर्भवती महिलाहरूलाई तत्काल स्वास्थसंस्था पुर्याउन राष्ट्रपति महिला तथा ज्येष्ठ नागरिक उत्थान कार्यक्रम गरिरहेको भएपनि विगत पाँच दिन देखि नेपाल टेलिकमका सबै सञ्चार सेवा अवरूद्ध भएका कारण कुनैपनि निकायमा समयमै खबर गर्न नपाउँदा धनरुपाले ज्यान गुमाउनु परेको छायाँनाथ रारा नपा–१० वडा अध्यक्ष धर्मदत्त सावतले बताउनुभयो ।
जिल्लामा सञ्चारसेवा अवरूद्ध लामो समय भईसक्दा पनि कुनै निकायबाट संचारको विकल्प बारे पहल नहुँदा सर्वसाधारण आक्रोशित भएका छन् ।
सो घटनाको बारे आफुलाई कुनै निकायबाट सूचना नआएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी