२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका ४ पाङताङका ६३ वर्षीय जीतबहादुर तामाङलाई २०७६ पुस २२ गते बेलुका घरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितले बलात्कार बिरुद्व २०७६ पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताउनुभयो । डीएसपी काफ्लेका अनुसार पुस २१ गते चौतारा अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण भएको छ ।
आरोपितले २०७६ साउन २६ गते घरमा बसेका बेला बलात्कार गरेको पीडितको आरोप छ । बलात्कारबाट पीडितको पेटमा छ महिनाको गर्भ रहेको पीडितले बताइन् । घटना हाडनाता भित्र परेकोले धेरै समयसम्म लुकेर बसेको स्थानियवासीको भनाई छ । पीडितलाई चौतारा स्थित महिला पुनस्र्थापना केन्द्रमा राखिएको छ । घटनाका आरोपितलाई हदैसम्मको सजायको माग कानुन ब्यवसायीले गरेका छन् ।