नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका जिल्ला सचिव ककनी गाउँपालिका वडा-२ का ३२ वर्षिय अशोक भनिने विन्तोष सिलवाललाई प्रहरीले ककनी गाउँपालिका–४ बाट पुस २२ गते गिरफ्तार गरेको छ ।
सिलवालले प्रहरीले सोधपुछ गर्न खोज्दा प्रहरीलाई नै अभद्र व्यवहार गरेका थिए । उनलाई सार्वजनिक शान्ति, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा डीएसपी राजेश थापाले जानकारी दिनुभयो ।
गत साउन १४ गते राती ककनी गाउँपालिका–१ को वडा कार्यालयमा बम विस्फोट गराएको घटनामा प्रतिबन्धित नेकपाका विभिन्न नेता कार्यकर्ताहरु संलग्न रहेको प्रहरी प्रतिवेदनमा सिलवालको पनि संलग्नता रहेको उल्लेख गरिएको छ ।