१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय अर्जुन किस्कुलाई पुस २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०७६ जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी मोहनकुमार थापाले बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा पुस २३ गते गरिएको छ ।