INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–८ का १९ वर्षीय सुजितकुमार यादव र गोलबजार नपा–२ का २० वर्षीय सन्तोष महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले पुस २० गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले पुस २० गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २० गते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धानको लागि पुस २१ गते म्याद थप गरिएको छ ।

अन्य

भिडियो