INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको भन्दै उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको परिवारले बेनी नपा–५ का २२ वर्षीय अशोक परियार विरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका छन् ।

आरोपित अशोक परियारले बालिकालाई ०७६ पुस १२ गते यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले ०७६ पुस १८ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

परिवारले प्रहरीमा उजुरी दिएपछि ०७६ पुस १९ गते बालिकाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा गरिएको छ । इन्स्पेक्टर ध्रुवप्रसाद शर्माका अनुसार आरोपित अहिले फरार रहेका छन् ।

 

 

अन्य

भिडियो