INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारका आरोपित गिरफ्तार

१४ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का २१ वर्षीय बिवेक थापालाई पुस १९ गते  बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै  पीडितकी आमाले पुस १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो । पीडित पक्षको  उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी भीमलाल भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

 

 

 

अन्य

भिडियो