INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक दरवन्दी नभएकाले गुणस्तरीय शिक्षा दिन बाधा

देवताल गाँउपालिकामा ११ विद्यालय दरवन्दीविहीन छन् । गाँउपालिकामा ४५ दरबन्दी मध्ये निमावि तिन ,प्रावि राहत १७ र विद्यालयमा कक्षा खालि भएर गाँउपालिकाले २१ जना शिक्षक करारमा नियुक्ति गरेको छ । ती विद्यालयहरु निजी श्रोतका करार शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायका पहलमा स्थापना भएर सञ्चालन भइरहेका विद्यालयमा दरवन्दी नहुँदा शिक्षाको गुणस्तर कायम गरी विभिन्न आयोगमा प्रतिस्पर्धा गर्न र उच्च शिक्षा लिन बाधा भएको गँउपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले शुक्रबार बताउनुभयो ।

गाउँपालिकामा ११ ओटा आधारभूत विद्यालय रहेका छन् भने माद्ययमिक विद्यालय दुईओटा रहेका छन् । १३ ओटा विद्यालय मध्ये नौ ओटा विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन भइरहेको शिक्षा संयोजक रंजित चौरसियाले बताउनु भयो । संस्थागत विद्यालय दुईओटा सञ्चालन भइरहेकोमा एक विद्यालय दर्ता प्रक्रियामा रहेको छ । नेपाल सरकारको रेकर्डमा ११ दरवन्दी रिक्त भएको रेकर्ड भए पनि गाँउपालिकामा दुई ओटा माध्यमिक विद्यालयल सञ्चान गर्न शुरु गरिएकाले थप आठ ओटा दरवन्दी गरि जम्मा १९ शिक्षकको दरवन्दी जरुरी रहेको प्रमुख प्रशासकिय अधिकृत राजिव यादवले बताउनुभयो । बिगत् २० बर्ष देखि दरवन्दी नभएकाले शिक्षाको गुणस्तर सुधार गर्न बाधा परेको चौरसियाले बताउनुभयो । वहाँले २०७६ पुस ९ गते गाउँपालिकाको कार्यालयले शिक्षा तथा मानव विकाश श्रोत केन्द्र सानोठिमी भक्तपुरमा शिक्षक माग पत्र दार्ता नं. २४६० बनाएर पुस १३ गते पठाएको बताउनु भयो ।

देवताल गाउँपालिका–४ पिप्राढी निवासी दलित अधिकारकर्मी राजनारायण रामले सामुदायीक विद्यालयमा शिक्षक वर्गले परिश्रम गरेपनि दरवन्दीको कमिले गुणस्तर खस्केकाले दरवन्दी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । वहाँले शिक्षामा राजनीति हुन नदिन र अपाङ्गमैत्री संरचना निर्माण गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

शुन्य दरवन्दी भएका विद्यालयमा दरवन्दीका लागि केन्द्र सरकारसँग पहल गर्ने जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंह राजपुतले बताउनुभयो ।

यस शैक्षिक शत्रमा १ हजार ६ सय ९२ छात्र र १ हजार ४ सय ४८ छात्राका भर्ना भएको शिक्षा संयोजक रंजित चौरसियाले बताउनुभयो । उहाँले गाँपालिकामा अध्ययन गरिरहेका दलित छात्र १ सय ९४ जना, दलित छात्रा २ सय २९ जना र अन्य छात्रा १ हजार २ सय ५४ सहीत १ हजार ६ सय ७७ छात्र छात्रालाई ४ सयका दरले छात्राबृति वितरण गरेको बताउनुभयो ।

 

अन्य

भिडियो