नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्न जाने क्रममा पुस १६ गते दिउँसो सो पार्टीका कार्यकर्ताहरूले प्रहरी टोली माथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पार्टीका जिल्ला नेता पञ्चपुरी नपा–८ बस्ने ५० वर्षीय बज्रबहादुर शाहीलाई गिरफ्तार गर्न जाने क्रममा सादा पोशाकमा गएका दुईजना प्रहरीलाई शाहीको घर नजिकै प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले फायरिङ्ग गरेको प्रहरीको भनाई छ । जवाफमा प्रहरीले दुई राउण्ड फायरिङ्ग गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी डिल्लीराज पन्तले जानकारी दिनुभयो ।
शाही सहित १० जनाको समुहमा रहेका नेकपाका कार्यकर्ताहरूले फायरिङ्ग गरेलगत्तै प्रहरीले जवाफी फायरिङ्ग गरेपछि नेकपाका कार्यकर्ता पछि हटेको र घटनामा भौतिक तथा मानवीय क्षति भने नभएको एसपी डिल्लीराज पन्तले बताउनुभयो ।
विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताहरूले भेरीगंगा नगरपालिकाको छिन्चु र वीरेन्द्रनगर नपा–११ पिपिरामा रहेको एनसेल टावर नजिकै राखेको बमलाई पुस १६ गते नेपाली सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्टेचरको भरमा प्रसूति सेवा
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि