म्याङलुङ नपा–५ का ११ वर्षीय बालक प्रभात बराल आपूm पढ्ने विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएको भन्दै विद्यालय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुस ६ गते उजुरी परेको छ ।
सिंहबाहिनी माविको कक्षा ७ मा अध्ययनरत बराललाई सोही विद्यालयका शिक्षक अनिश राईले मङ्सिर ३० गते कक्षा कोठामा कुटपिट गरि घाइते बनाएको प्रभातका बुबा प्रकाश बरालले बताउनु भयो ।
घाइते बालकको उपचार जिल्ला अस्पतालमा पुस १ गते गरिएको छ । बरालको दाहिने कानको जालीमा समस्या भएको पीडित पक्षले जनाएको छ ।
पीडित विद्यार्थीका आफन्तले आरोपित शिक्षकलाई कडा कारबाही गर्नु पर्ने माग गर्दै उजुरी दिएका हुन् ।