नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ३१ वर्षीय अमर बुढालाई पुस १३ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।
जुम्ला जिल्ला घर भई हाल बन्दिपुर गाउँपालिका–८ याम्पामा बसोबास गरी होटल व्यवसाय सञ्चालन गर्दै आएका बुढालाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेर पोखरा लगेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।
होटलमा प्रतिबन्धित नेकपाका नेता तथा कार्यकर्ता आउने जाने गरेको सूचना पाएपछि प्रहरीले बुढालाई गिरफ्तार गरेको डिएसपी लामिछानेले बताउनुभयो ।
बुढालाई यसअघि ०७५ चैत १५ गते प्रहरीले गिरफ्तार गरी तनहुँ जिल्ला अदालतको आदेशमा ५ हजार रुपियाँ धरौटी बुझाए पश्चात चैत २४ गते रिहा गरेको थियो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि