INSEC Online

📅 २०८३ जेष्ठ २१

गुम्बा बस्तीका बालबालिका खोप सेवाबाट बञ्चित

सरकारले सन् २०१७ सम्म देशलाई नै पुर्ण खोपयुक्त बनाई सक्ने लक्ष्य राखेको भए पनि हिमाली गाउँपालिका –१ गुम्बाका दुई वर्ष मुनीका २० जना बालबालिकाहरू खोप सेवाबाट बञ्चित हुँदै आएका छन् ।

गत वर्षको कात्तिक महिनामा बिच्छँया स्वास्थ्य चौकीका अहेब नरेन्द्र बुढा एक पटक आएर खोप लगाएको भएपनि  त्यसपछि र त्यसअघि बालबालिकाहरूले कुनै पनि प्रकारको खोप नपाएको हिमाली गाउँपालिकाकी स्वयसेविका पासाङ्ग लामाले बताउनु भयो ।

दुई वर्ष मुनिका बालबालिकालाई बिसिजी, पेन्टा, पीसीभी, एमआर, जापनिज इन्सेफलाइट र पोलियो खोपलगायत ११ प्रकारका खोप अनिवार्य लगाउनु पर्ने भएता पनि  गुम्बाका बालबालिकाहरूले यी खोप पाउन सकेका छैनन् ।

बच्चा जम्मीएको आँठ महिना भइसकेको भए पनि खोप लगाउनका लागि दुई दिन हिडेर जानु पर्ने बाध्यताका कारण बच्चालाई खोप लगाउन नसकिएको स्थानीय  डोमा गुरूङले दुखेसो पोख्नु भयो ।

स्थानीय लक्ष्मी कुवँरका पनि तीन ओटा बच्चा रहेका छन् । उहाँसँग तीन महिनाकी छोरीसमेत छीन् । तर, कुनै पनि बच्चालाई खोप लगाइएको छैन् । बच्चालाई अनिवार्य खोप लगाउनु पर्छ भन्नेसमेत उहाँलाई जानकारी छैन् ।

बच्चालाई खोप लगाउनु पर्छ भन्ने जानकारी भएको भए पनि स्वास्थ्य चौकी निकै टाँढा भएकोले अहिलेसम्म बच्चालाई खोप नलगाएको स्थानीय  छमु थापाले बताउनु भयो ।

हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक धर्म बुढाले गुम्बाका बालबालिका खोपबाट बञ्चित भएको आफूलाई जानकारी नभएको बताउनु भयो  ।

उहाँले भन्नु भयो –‘गुम्बाको खोप केन्द्र युना गाँउमा हो । प्रत्येक महिनाको २२ गते खोप सञ्चालन गर्ने गरेका छाँै । युनाबाट गुम्बा जान एक दिन पुरै लाग्छ । खोप केन्द्रमा नआएका बालबालिका छुटेका पनि हुन सक्छन् ।’

जिल्ला अस्पताल, बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले  बाजुरामा भौगोलिक विकटता भएको भए पनि स्वास्थ्य सेवामा सवैको पहुँचका लागि ध्यान पु¥याउदै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘खोपको इन्डिकेटर हुन्छ । भौगोलिक विकटताले मौसम र समयानुकुल नहँुदा खोप सेवा दिन समस्या हुने गरेको छ । बाजुराका केही स्थानीय तहबाट खोप केन्द्र पुग्न तीन दिनसम्म लाग्ने गरेकोले बालबालिकाहरू खोप सेवाबाट बन्चित भएको हुन सक्छन् । तर, जिल्लाका सबै वडामा स्वास्थ्य चौकी स्थापन गर्न स्विकृत प्राप्त भइसकेकोले आगामी दिनमा समस्या हुदैन् । ’

हिमाली गाउँपालिकाका सवै वडाहरूमा दुई महिनाको एक पटक स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य चेकजाँच र औषधि उपचार गर्ने निर्णय गरेको तर भौगोलिक विकटताले कार्यान्वयनमा समस्या भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।

उहाँले भन्नु भयो – गाउँपालिकाका सवै स्वास्थ्य चौकीमा औषधिको कमी नहुने गरी खरीद गरेको छ । सबै वाडामा स्वास्थ्य चौकी नभएका कारण  खोप सेवा दिन समस्या भएको छ । यो समस्या पनि छिट्टै समाधान हुन्छ ।

 

अन्य

भिडियो