भीमदत्त नगरपालिका– १८ सालघारीकी चार वर्षीया बालिका सुशिला चुनाराको हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ ।
बालिकालाई पुस १४ गते कुटपिट गरी हत्या गरिएको भन्ने सुचनाका आधारमा आारोपित चुनारालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।
आरोपित चुनारा बालिकाको सौतेलो बुवा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्दले जानकारी दिनु भयो ।
बालिकाको शव परिक्षण र पोष्टमार्टम गर्नका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनायो ।