INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेकाे कसुरमा ३ वर्ष ६ महिना कैद फैसला

५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुस ११ गते भरतपुर महानगरपालिका–१२ आस्थाचोकका ४८ वर्षीय रमेशकुमार कार्कीलाई ३ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ ।

अदालतका श्रेष्तेदार रुद्रमणी गिरीका अनुसार पीडित महिलालाई कार्कीले गत असोज ५ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको आरोप थियो ।

पीडित आफैँले असोज ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । कार्कीलाई असोज ६ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो