INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीया तारा हेम्ब्रमको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति शङ्कर हेम्ब्रमलाई पुस १० गते गिरफ्तार गरेको छ ।

आरोपितले घरायसी विवादका क्रममा पुस १० गते छुरा प्रहार गर्दा घाइती भएकी पीडितको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा उपचार गर्ने क्रममा पुस १० गते साँझ मृत्यु भएको थियो ।

आरोपितलाई घटना लगत्तै गिरफ्तार गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

शवको पोष्टमार्टम मेची अञ्चल अस्पतालमा पुस १० गते गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो