INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय कृष्ण पोखरेललाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि धरान उपमहानगरपालिका–११ बाट गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

पीडित पक्षको उजुरीका आधारमा धनकुटा जिल्लाको धनकुटा नगरपालिका–२ स्थायी घरभई धरानमा बस्दै आएका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पुस ७ गते गरिएको छ ।

अन्य

भिडियो