नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पुस ८ गते घोडाघोडी नगरपालिका—८ स्थित जहरी सामुदायिक बनबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा घोडाघोडी नगरपालिका—८ का ३९ वर्षीय छिवी लामिछाने भन्ने टेकबहादुर बिक र सोही ठाउँका ३३ वर्षीय दिनेश बिक रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
जहरी सामुदायिक बनबाट दाउरा लिइरहेका उपभोक्ताहरूलाई धम्की दिइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, सुखडले बिकद्वयलाई गिरफ्तार गरी पुस ८ गते नै जिल्ला प्रशासन कार्यालय, कैलालीमा सार्वजनिक मुद्दा दर्ता गरेको डिएसपी बस्नेतले बताउनु भयो ।