INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–५ का ५१ वर्षीया धर्मराज चौधरीलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असारदेखि मङ्सिर ३० गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ३० गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पुस ६ गते गिरफ्तार गरी अनुसन्धान थालेको एसपी जनकप्रसाद भटराईले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो