INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जनकपुर इञ्चार्ज गिरफ्तार

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित जनकपुर इञ्चार्ज रोहित ढकाललाई धनुषा प्रहरीले पुस ३ गते साँझ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनुभएको छ ।

सिन्धुली जिल्लाका स्थायी बासिन्दा रोहित ढकालले आफू पत्रकार भन्दै जनकपुरमा लुकीछिपी बस्दै आउनुभएको प्रहरीको आरोप छ ।

प्रहरीलाई समेत आफू पत्रकार रहेको भन्दै झुक्याउने प्रयास गरेको प्रहरी इन्स्पेकटर साहले बताउनुभयो । ढकाललाई धनुषा प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको साहको भनाइ छ ।

जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले पुस ३ गते साँझ बजार क्षेत्रबाटै गिरफ्तार गरेको थियो । महेन्द्रनगर बम काण्डमा ढकालको संलग्नता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अन्य

भिडियो