INSEC Online

📅 २०८३ जेष्ठ २१

विपक्षीको तर्फबाट बहस गरेको भन्दै वकिललाई धम्की, अधिकारकर्मीद्वारा दोषीमाथि कारवाहीको माग

नेपाल बार एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको मुद्दामा विपक्षी विजय कुमार पाठकको तर्फबाट बहस गरेको भन्दै ०७६ पुस २ गते सहकारीको पक्षमा रहेका मानिसहरूले धम्की दिएका छन ।

सुनिल श्रेष्ठले आफूले सहकारीको रकम को विषयमा बहस गरेर फर्कँदा उनको कार्यालयमा पुगेर धम्की दिएको बताउनुभयो ।

उहाँले प्रतिवादिको तर्फबाट बहस नगर्ने यदि बहस गरे भौतिक कारबाही गर्ने भनि धम्की दिएको बताउँदै धम्की दिने मानिसहरूलाई आफूले नचिनेको बताउनुभयो ।

घटनाका सम्बन्धमा मानव अधिकारकर्मीहरूले विरोध जनाउँदै पुस ३ गते एक विज्ञप्ति जारी गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, इन्सेक प्रदेश ५ की सरस्वती मल्ल, सिविन नेपालगञ्जका संयोजक सिद्धराज पनेरू आइएच आरसिका विश्वजित तिवारी, अधिवत्ता प्रल्हादबहादुर कार्की, फियान नेपालका सुरेश गौतम, मानव अधिकार एलाइन्सका प्रभात ठकुरी, थर्ड एलाइन्सका आलम खान, एडभोकेसी फोरमका बसन्त गौतम , फातिमा फाउण्डेशनका उमेश गुप्ताद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यस विषयलाई सम्बन्धित निकायको ध्यानाकर्षण होस र दोषी माथि कडा कारवाही गर्न सम्बन्धित सरोकारवाला समक्ष माग गरिएको छ ।

photo20191219banke

अन्य

भिडियो