INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र सेन्ट्रल मिचिगन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

इन्सेक र सेन्ट्रल मिसिगन युनिभर्सिटी, अमेरिकाबीच समझदारी पत्रमा पुस ३ गते हस्ताक्षर भएको छ । समझदारीपत्रमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम र सेन्ट्रल मिसिगन विश्वविद्यालय, अमेरिकाका डीन रिचर्ड रोथहसले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी अनुसार इन्सेकका कर्मचारीलाई राजनीतिशास्त्र वा जनप्रशासन विषय अध्ययन गर्न सेन्ट्रल मिचिगन विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराउनेछ भने त्यहाँका विद्यार्थी अनुसन्धानका लागि इन्सेक आउनेछन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै सेन्ट्रल मिचिगन विश्वविद्यालय, अमेरिकाका डीन रिचर्ड रोथहसले इन्सेकले गरेको र गरिआएको कामबाट आफू प्रभावित भएको बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सेन्ट्रल मिचिगन विश्वविद्यालयसँगको सहकार्यले नेपालको मानव अधिकारका क्षेत्रमा थप सहयोग पुग्ने बताउनु भयो ।

photo20191219kathmandu (1)

photo20191219kathmandu (2)

photo20191219kathmandu (3)

photo20191219kathmandu (4)

अन्य

भिडियो