मालपोत कार्यालय सुनसरीमा कार्यरत मालपोत अधिकृत ५० वर्षीय ध्रुव कोइरालालाई लेखापढी व्यवसायी इनरूवा–२ का ४५ वर्षी जिब्राइल अन्सारीले पुस १ गते हातपात गरेको पीडित पक्षले आरोप लगाएको छ ।
मालपोत कार्यालय इनरूवामा कार्यरत अधिकृत कोइरालालाई अन्सारीले नियोजित रूपमा आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
कार्यालय समयपछि इनरूवा–३ मा रहेको डेरातर्फ जाने क्रममा आरोपितले दुव्र्यवहार गरेको पीडित कोइरालाले बताउनुभयो ।
मालपोत अधिकृत कोइरालाले आफूले लेखापढी व्यवसायीलाई कार्यालय प्रवेशमा रोक लगाएको र जथाभावी मोठ भिडाउन नदिएपछि त्यसको रिसमा नियोजित रूपमा आक्रमण भएको बताउनुभयो ।
कार्यालय परिसरमै दुर्व्यवहार भएपछि मालपोत कर्मचारीले दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको डिएसपी यज्ञविनोद पोखरेलले बताउनुभयो । आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।