INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पुस १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले मङ्सिर ३० गते इलाका प्रहरी कार्यालय कडरबोनामा आरोपितविरूद्ध उजुरी दिनुभएको थियो ।

जबरजस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते गरिएको छ । आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको आरोपितले बताउँदै आएपनि बालिकालाई सहमतिमा शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहर हुने कानुनी व्यवस्था छ ।

अन्य

भिडियो