INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा २३ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २४ वर्षीय दाजुलाई जिल्ला अदालत चितवनले २३ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश विनोदकुमार गौतमको इजलासले मङ्सिर ३० गते बालिका बलात्कार घटनामा १८ वर्ष र हाडनातामा बलात्कार गरेकोमा पाँच वर्ष थप सजाय गरी २३ वर्ष सजाय तोकेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिनुभयो ।

गत जेठ ६ गते घटना भएकोमा जेठ १७ गते मात्रै इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी परेको थियो । आरोपितलाई जेठ १७ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो