४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–४ का ४२ वर्षीय खिमलाल रेउलेलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितले कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ५ गते गरिएको छ ।