INSEC Online

📅 २०८३ जेष्ठ २१

उद्योगीलाई धम्की दिनुका साथै बम विष्फोट गराएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

परवानिपुर गाँउपालिका–४ स्थित सञ्चालित एमएस इँटा उद्योगका सञ्चालक कलैया उमनपा–२५ बस्ने २५ वर्षीय मनोजप्रसाद साह तेलीलाई परवानिपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढले गत असोज २५ गतेदेखि पटक–पटक फोन र म्यासेज गरी धम्की दिनुका साथै गत कात्तिक ४ गते इँटा उद्योगमा बम विस्फोट गरी भय, डर र त्रास सृजना गरेको आरोपमा मङ्सिर २५ गते पीडित साहले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिनुभएको छ ।

पीडितलाई धम्की, डर, त्रास दिएको जानकारी हुनासाथ मङसिर २५ गते परवानिपुर गाँउपालिका–४ चैनपुरमा प्रमोद गोढ सहितका चारजनाविरूद्ध इलाका प्रहरी कर्यालय सिमराका डिएसपी गोविन्द पुरीको कमाण्डमा रहेको प्रहरीले गिरफ्तार गरेको डिएसपी पुरीले बताउनुभयो ।

गिरफ्तार पर्नेमा सोही स्थान बस्ने जयनारायण रामको छोरा २० वर्षीय देव शङ्कर राम, जितपुर सिमरा उमनपा–२० बस्ने गोपाल गोसाईको २० वर्षीय छोरा अच्छेलाल गोसाइ, फेटा गाउँपालिका–३ बस्ने ईनरदेव महतो र ३९ वर्षीय दिपेन्द्रकुमार धानुक रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी बिकाशराज खनालले जानकारी दिनुभयो ।

अन्य

भिडियो