INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दी ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा चारगुना बढी कैदीबन्दी भएका कारण उनीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् ।

५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला कारागार, कञ्चनपुरमा हाल २ सय ८४ जना कैदी र ३७ जना थुनुवा गरी ३ सय २१ जना कैदीबन्दीहरू रहेका छन् । जसमा १४ जना महिला कैदीबन्दीहरू रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दीहरू भएका कारण हिउँदको चिसो मौसममासमेत उनीहरूलाई ग्यालरी र बाहिर त्रिपाल लगाएर सुताउनु परेको जेलर श्यामराज भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण कारागारमा खानेपानी, औषधि, शौचालयलगायतका समस्या भएको छ ।’

२०२३ सालमा बनेको यो कारागारमा दुई ओटा मात्रै भवन रहेका छन् जसमध्ये एउटा भवन पुरानो र जीर्ण अवस्थामा रहेको छ ।

अन्य

भिडियो