INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा–५ गातिका १९ वर्षीय उज्वल बस्नेतलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत कात्तिक ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कारको असरले पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि पीडितकी आमाले उपचारका लागि बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्सिर १२ गते लैजानुभएको थियो ।

उपचारका लागि लैजाँदा स्वास्थ्य केन्द्रका चिकित्सकले बलात्कार भएको पहिचान गरेपछि मङ्सिर १३ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बाह्रविसेमा बलात्कार विरुद्ध उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा गरिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर नवराज न्यौपानेले बताउनुभयो ।

अन्य

भिडियो