INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा वडा कार्यालय र स्काभेटरमा आगजनी

मादी नगरपालिका–५ को वडा कार्यालय र सडक निमार्णको क्रममा रहेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

मङ्सिर २५ गते राति आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिनुभयो ।

अज्ञात पक्षले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटर समेत जलाएको छ । आगजनीको घटनापछि अहिले यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीका ५० र १५ जना सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा डिएसपी मिम लामाले बताउनुभयो । आगजनीमा संलग्नहरूको खोजी कार्य भइरहेको छ ।

अन्य

भिडियो