३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय प्रभु दयाल कोहाँर र ३० वर्षीय ज्ञानबहादुर अहिरविरूद्ध मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितहरूले मङ्सिर २३ गते बलात्कार गरेको भनी उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो । उहाँले आरोपितहरू फरार रहेकोले अनुसन्धान र खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।