INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार दिवसमा वाचानालयलाई पुस्तक प्रदान

७१ औँ विश्व मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते व्यास नपा–३ दमौली स्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको वाचानालयलाई पुस्तकहरू प्रदान गरेको छ ।

सो कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्की र सल्लाहकार अतिन्द्रकेशरी न्यौपानेलाई सो पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

इन्सेकले मानव अधिकारसम्बन्धी विभिन्न पुस्तकहरू वाचानालयलाई उपलब्ध गराएको हो । मानव अधिकारसम्बन्धी पुस्तकहरू प्रतिष्ठानको वाचानालयलाई उपलब्ध गराएकोमा प्रतिष्ठानका अध्यक्ष कार्कीले इन्सेकलाई धन्यवाद दिनुभयो ।

उहाँले मानवअधिकारको विषय वस्तु र तत्कालिन द्वन्द्वको क्रममा भएका घटनाहरूको बारेमा आम नागरिकलाई निकै चासो भएको हुँदा उक्त पुस्तकले दमौलीका पाठकहरूको सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेकले उपलब्ध गराएको मानव अधिकार वर्ष पुस्तकमा नेपालको तत्कालिन द्वन्द्वको क्रममा भएका सम्पुर्ण घटनाहरूको विवरण उल्लेख भएको हुँदा अब जिल्लाबासीले द्वन्द्वका घटनाहरूको बारेमा जानकारी राख्न चाहेमा प्रतिष्ठानको वाचानालयमा आएर अध्ययन गर्न सक्ने बताउनुभयो ।

प्रतिष्ठानका सल्लाहकार न्यौपानेले मानव अधिकारको विषय सबैको चासो र सरोकारको विषय भएको हुँदा प्रतिष्ठानलाई प्राप्त पुस्तक सबै जिल्लावासी र मानव अधिकारप्रति सरोकार राख्ने सबैको साझा सम्पत्ति भएको बताउनुभयो ।

photo20191210tanahun1

photo20191210tanahun2

अन्य

भिडियो