INSEC Online

📅 २०८३ जेष्ठ २१

१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् ।

इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो ।

जिल्ला प्रतिनिधिहरूबाट प्रेषित भइ आएका समाचारका आधारमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन भएका दिनमा लिङ्गकै आधारमा भएका हिंसासम्बन्धी समाचारलाई विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकमा भएको अभिलेखका आधारमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ ।

त्यसैगरी यौन दुव्र्यवहारका घटनामा चारवर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन जना बालिकासहित पाँच जना, बेचबिखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुई जना महिला पीडित भए भने परिवारकै सदस्यबाट तीन जना महिला र एक जना बालिकाको हत्या भएको उल्लेख छ ।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रकृया जारी रहेको छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्यु भयो । छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ ।’–प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

अन्य

भिडियो